हिन्दुहरुको महानपर्व तिहार तथा छठ पर्वमा नजिकै आउँदा बीरगंजको सुन चाँदी पसलमा ग्राहकहरुको भिड बढ्न थालेको छ ा ग्राहकहरुले धनतरेसमा सुन तथा चाँदी खरीद गरी पुजाआर्चना गर्नै प्रचलन रहेको छ ा बीरगंजको केही सुन र चाँदी पसलमा मिसावट गरेको चाँदीको सिक्का, पाउजु, बाला जस्ता सामग्रीहरु बिक्री बितरण गरेर ग्राहकहरुलाई ठग्ने धन्दा भईरहेको छ । नेपाल र भारत सँग खुल्ला सिमानाकाको फाईदा उठाउंदै तस्करहरु समुहरुले भन्सार छली गरी चाँदी भित्राइरहेका छन् । मधेश प्रदेशको बारा पर्साको नाकाबाट भारतको कोलकता , दिल्ली , मुम्बईमा हस्तकलाले बनाएको मिसावट चाँदी अहिले बारा र पर्साको सुन, तथा चाँदी पसलमा ब्यापक बिक्री बितरण भईरहेको एक ब्यापारीले नाम नछाप्ने शर्तमा जानकारी दिनुभयो ा अबैध तरिकाले भित्राइर्एको मिसावट चाँदी नेपाल सरकारले तोकेको मुल्य बराबरको बिलबिजक बनाएर बिक्री गरीरहेका छन् । तिहारमा खरीद गरेको अधिकाँश चाँदी चेकजाँच गर्नै हो भने ६० प्रतिशत मिसावट भएको चाँदी बरामद हुने ती सुन तथा चाँदीको ब्यापारीको भनाई रहेको छ ा पर्वको उपलक्ष्यमा भिडभाड भएको हुनाले खरीद गरेका ग्राहकहरुको ध्यान त्यसतर्फ नगएको ती ब्यापारीले भने, स्थानिय प्रहरी प्रशासनको फितलो अनुगमनले गर्दा केही पसलहरुमा खुलेआम मिसावट चाँदी बेचेर ग्राहकलाई ठग्ने धन्दा भईरहेको छ ।