बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण तथा नक्शा शाखाका प्रमुख गौरब झा माथी दुब्र्यवहार गरेका सर्लाही जिल्ला बलरा नगरपालिका वडा नम्बर ८ घर भई हाल बीरगंज महानगरपालिका छपकैया बस्ने नापी कार्यालय पुर्व कर्मचारी संजय कुमार ठाकुरलाई महानगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिई पर्सा प्रहरीलाई जिम्मा लगाएपनि सामान्य तारेख छाडेपछि महानगरपालिका कर्मचारीहरु असन्तुष्ट भएका छन् । राष्ट्र सेवक कर्मचारीलाई ठाकुरले कार्यालयमा गएर अशपब्द भाषा प्रयोग गर्दै दुब्र्यवहार गर्न थालेपछि महानगरपालिकाका कर्मचारीले ठाकुरलाई नियन्त्रणमा लिई पर्सा प्रहरीलाई कारवाही गर्नका लागी पत्रचार नै गरेको थियो । महानगरपालिकाले पत्रचार गर्दा पनि पर्सा प्रहरीले संजय कुमार ठाकुरलाई सामान्य तारेखमा रिहा गरेपछि महानगरपालिकाका कर्मचारीहरु अच्चम भएका छन् । सजय कुमार ठाकुर बिवादित छबी भएका ब्यतिm हुन् ा ठाकुरबिरुद्ध आर्दश्नगरका १६ जना ब्यावसायीहरुले जग्गाधनी आपराधिक लाभ लिने उदेश्यले ठगी मुद्दा जिल्ला प्रहरी कार्यालय पर्सामा असोज ३ गते नै दर्ता गराएका छन् ा जिल्ला प्रहरी कार्यालय पर्सामा संजय कुमार ठाकुर माथी ठगी मुद्दा दर्ता भएपनि प्रहरीले अनुसन्धान नगरी सामान्य तारेखमा छाडेपछि प्रहरीको भुमिका माथी नै १६ जना ब्यापारीले शंका गरेका छन् । राष्ट्र सेवक माथी दुब्र्यवहार गर्ने ठाकुर माथी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता हुदां पनि अनुसन्धान किन नगरेको ती ब्यापारीहरुको भनाई रहेको छ ा यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सुदीपराज पाठकले महानगरपालिकाका कर्मचारी सँग ठाकुर माफी मांगेपछि छाडेको प्रतिक्रिया दिनुभयो ।