हैजा महामारी बिरुद्ध खोप अभियान बारा पर्सामा शुरु भएको छ । अशुद्ध खाना, तथा पानीले गर्दा झाडा पखला रोग लाग्ने गर्छ ा शुरुमा सामान्य जस्तो लाग्ने हैजा रोग समयमा उपचार भएनभने ज्यानको जोखीम हुन्छ ा सय वर्ष पहिला हैजा रोगले बिश्वभरी हजारौ मानिसहरुको ज्यान लिइसकेको महामारी रोग मध्ये एक हो । शुरुमा झाडा पखला लाग्ने, बान्ता हुने उतmले रोग मानिसको शरीरको अंगलाई कमजोर पारेर आफनो चपेटामा लिने गर्छ ा बारा पर्सामा बिगत केही महिना अगाडी हैजा महामारीको संक्रमण फैलिएको थियो ा हैजाको संक्रमण भेटिएको चिकित्सकले पुष्टि गरेपछि बीरगंज महानगरपालिकाले समयमा नै उतm रोगलाई रोकथाम गर्नका लागी बिभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी पर्सेली जनतामा सचेतना फैलाइएको थियो ा महानगरपालिकाले हैजाको संक्रमण भेटिएको बेलामा अहम भुमिका खेलेको थियो । जुन प्रशंसा लायक नै थियो ा हैजा महामारीको संक्रमण भेटिएपछि नेपाल सरकार तथा स्थानिय तहको सरकारले आफनो बिज्ञद्धारा कताबाट हैजाको संक्रमण फैलिएको अध्ययन गरेका थिए ा बीरगंजका जनता हैजाको चपेटामा नपरोस उदेश्यमा साथ नेपाल सरकारले हैजा बिरुद्ध खोप अभियान बारा पर्सामा सञ्चालनमा ल्याएको छ ा हैजाको खोप लगाउ रोगबाट बचौ ा