कांठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह उर्फ बालेन र हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुड सहित जेन जी आदोलनका अगुवा र समर्थक बिरुद्ध नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्साका उजुरी दिएका छन् ा भदौ २३ गते जेन(जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा क्षति पुर्याउने कार्यमा बालेन र गुरुङको संलग्नता रहेको आरोप लगाउंदै युवा संघ पर्साका अध्यक्ष सुवास साहले दुवैलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, एसपी सुदिपराज पाठकलाई हस्तान्तरण गरिएको थियो । युवा संघले उजुरी दर्ता गर्नुअधि बीरगंजमा मोटरसाईकल रयाली निकालेर शक्तिm प्रर्दशन गरेका छन् ा मोटरसाईकल रयालीमा काठमाण्डौ महानगरपालिका नगर प्रमुख बालेन र सुदन गुरुड बिरोध नाराबाजी समेत लगाएका छन् मोटरसाईकल रयाली नगर परिक्रमा गरी लाल बगंलामा पुगेर समापन भएको थियो ा