पर्सा प्रहरीले जुवातास खेलीरहेको अवस्थामा तिनजना जुवाडेहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ा बिशेष सुचनाको आधारमा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर १६ फुलवारी टोल स्थित रहेको रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलीरहेको अवस्थामा ५० हजार सात सय पचपन नेपाली रुपैया र तीन थान तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले बताउनु भयो ा पक्राउ पर्नैहरुमा बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने २० वर्षीय रोहित रौनियार सोही स्थान बस्ने ३० वर्षीय श्यामबाबु र २५ वर्षीय अन्नत कुमार गुप्ता रहेका छन् ा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ा