पर्सा प्रहरीले अबैध हुण्डीको रकम सहित एक युवकलाई पक्राउ गरेको छ ा पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने १९ वर्षीय किशन यादव रहेका छन् ा उनको साथबाट प्रहरीले नेपाली रुपैया पाँच सयको नोट ८६८ थान रु ४ लाख ३४ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले जानकारी दिनुभयो ा बिशेष सुचनाको आधार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंजको आर्दशनगर स्थित रहेको नबिल बैंक नजिकै यादवलाई नियन्त्रणमा लिई उनको शरीर खानतलाशी गर्दा जिन्स पाइन्टको खल्तीबाट श्रोत नखुलेको रकम बरामद गरिएको प्रहरी नायब उपरिक्षक लम्सालले भन्नु भयो, पक्राउ परेका किशन यादवलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको पर्सा प्रहरीले जनाएको छ ा