राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान बिभाग बारा पथलैयाले बीरगंज महानगरपालिका वडा नम्बर ९ गीता मन्दिर रोडमा रहेको सुनचाँदी ब्यवसायी अभिषेक सरार्फको घरमा छापामारी गरेको छ ा बिशेष सुचनाको आधारमा राजस्व अनुसन्धान बिभागले अभिभेष सरार्फको घरमा छापामारी गर्दा सुन १ किलो ९ सय गा्रम, चाँदी ६ किलो ९ सय ८ मिली गा्रम , सुनको गरगहना २ सय ८८ ग्राम १०० मिली ग्राम, चाँदी ३ किलो ९ सय २६ ग्राम , सुन जस्तो देखिने ६३० ग्राम, ९ सय ५० मिली ग्राम, चाँदी जस्तो देखिने ५ सय ५९ ग्राम , ८ सय ४० मिली ग्राम , नेपाली नगद रुपैया १ लाख ९ हजार र भारतीय रुपैया ४१ हजार ६० रुपैया बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्मचारीले बताउनु भयो । नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन गरेर जुन शैलीमा राजस्व अनुसन्धान बिभाग पथलैया बाराबाट खटिएको टोलीले छापामारी गरेको छ भने सर्बेत्र सुनचाँदी ब्यवसायीहरुले ब्यापक बिरोध गरेका छन् । राजस्व अनुसन्धान पथलैयाका कर्मचारीहरुको शैलीमाथी असन्तुष्ट जनाउंदै बीरगंजका सुनचाँदी ब्यवसायीहरुले बिरोध गर्दै पसलहरु बन्द गरेका हुन् ा सुनचाँदी ब्यवसायी अभिषेध सरार्फको घरमा अबैध सुन चाँदी रहेको सुचनाको आधारमा छापामारी गरिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ा नेपाल सरकारको ऐन अनुसार खरीद गरिएको सुन तथा चाँदी बन्धक राख्ने नपाईने नियम रहेको भएपनि ब्यवहारिक रुपले सुन चाँदी पसलमा सञ्चालकहरुले प्रत्येक महिनाको २ प्रतिशतले सुनचाँदी राखेर ब्याज खाने गरेका छन् जुन नियम बिपरीत रहेको छ ा अभिषेक सरार्फलाई नियन्त्रणमा लिएर राजस्वका कर्मचारीहरुले जाने प्रयास गरेपछि सुनचाँदी ब्यवसायीका पर्सा जिल्ला अध्यक्ष भुलन साह सोनारले बिरोध गर्दै स्थानिय प्रशासन सँग सहमती भए अनुसार कार्य गर्ने जनाएपछि अभिषेक सरार्फलाई राती ११ बजे अध्यक्ष भुलन साहको उपस्थितीमा छाडेका हुन् ा यता अभिषेध सरार्फका आफन्तहरुले दाबी गरेअनुसार राजस्व अनुसन्धान कार्यालयले छापामारी गरेको सम्पुर्ण सुन चाँदीको बिलबिजक रहेको बताएका छन् ा