बीरगंज वडा प्रहरी कार्यालय बिर्ताको पश्चिम पटी रहेको श्रीराम हस्पिटलमा उपचारको क्रममा एक सुत्केरी महिला ज्यान गएको छ ा बारा जिल्ला बस्ने २० वर्षीय सन्जी देवी यादवको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी बिर्ताका प्रहरी निरीक्षक निरज चौलागाईले बताएका छन् ा मृतक सन्जी देबीको पाठेघरमा समस्या भएको र रगतको अभावले गर्दा निधन भएको श्रीराम हस्पिटल प्रशासनका एक कर्मचारीले बताए ा सुत्केरी भएर थप उपचारको लागी श्रीराम हस्पिटलमा भर्नाको लागी आएकी सन्जी देवीको पाठेघरमा समस्या भएको उनका परिवारलाई पहिला नै अवगत गराएर डेलिभरी गर्दा उपचारको क्रममा मृत्यु भएको श्रीराम हस्पिटल प्रशासनको दाबी रहेको छ । उपचारको क्रममा हस्पिटलको तर्फबाट कुनै त्रुटि नभएको बताएपनि मृत्कका आफन्तहरुले चिकित्सकको लापरवाहीले गर्दा सन्जी देवी यादवको मृत्यु भएको आरोप लगाएका छन् । डाक्टर प्रिती यादवलाई उन्मुतिm दिलाउनका लागी श्रीराम हस्पिटलका कर्मचारीले मृत्क माथी नै आरोप लगाईरहेको मृत्कका आफन्त राजकिशोर यादवले भने, भर्ना गर्नु भन्दा अगाडी पाठेघरमा ठुलो समस्या नरहेको र रगतको ब्यवस्था हस्पिटलले नै गरिदिने भन्दै मौखिक सहमती गरेपछि मात्र हामीहरुले डिलेभरी गर्नका लागी सो अस्पतालमा भर्ना गराएको मृतक आफन्तहरुले दाबी गरेका छन् ा सन्जी देबकिो अवस्था नाजुक थियो भने किन भर्ना गरेको त प्रश्न गरेका छन् । बिरामीको जटिल अवस्था छ भने तुरुन्तै श्रोत साधन भएको अस्पतालमा रिर्भर गर्छन् ा डाक्टर प्रिती यादवको लापरवाहीका कारण पुर्ण एक सुत्केरी महिलाको ज्यान गएको छ ा मृत्क सन्जी देबी यादवको उपचारमा खटिनु भएकी प्रसुति बिभाग प्रमुख रोग बिशेषज्ञ डाक्टर प्रिती यादवले डेलभरी गर्नु भईरहेको थियो ा अप्रेरशन थे्रटरमा लगेको केही घण्टापछि हस्पिटल प्रशासनले सन्जी देबी यादवलाई मृत घोषणा गरेपछि अस्पतालमा क्षेत्रमा बिवाद भएको थियो ा श्रीराम हस्पिटलमा बिवाद भईरहेको वडा प्रहर िकार्यालय बिर्ताका प्रहरी निरीक्षक निरज चौलागाई अवगत भएपछि ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको थियो ा मृतक यादव र श्रीराम हस्पिटलका प्रशासनबीच धेरै बेरपछि वडा प्रहरी कार्यालयमा सहमती भएको छ ा सहमतीमा हस्पिटलले मृतक छोरालाई उपचारमा लाग्ने सम्पुर्ण खर्चको ब्यहोर्ने सहमती भएको हो ा सहमती भएपछि मृतक शव उनका आफन्तहरुले बुझेर लगेका छन् । डाक्टर प्रिती यादव बिगत ६ वर्ष पहिला बीरगंज स्थित लिंकरोड निजकै रहेको तराई अस्पतालमा कार्यरत रहंदा बारा जिल्लाबाट आएकी सुत्केरी महिलाको उपचारको क्रममा ज्यान गएको थियो ा यसैगरी बिगत ४ दिन अगाडी बीरगंजको साउथ सिटी हिमाल हस्पिटलमा रौतहट दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय रुबी खातुन अवस्थामा उपचारको क्रममा मृत्यु भएको थियो ा यता बीरगंज अस्पतालमा सुत्केरी महिलाहरुको ज्यान गईरहेको सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेपछि बीरगंजवासीहरु त्रसित भएका छन् ा