भ्रष्टाचार विरुद्ध नागरिकको दबाब, पारदर्शिता र न्याय हाम्रो अधिकार भन्दै राष्ट्रिय एकता अभियानले मंगलवार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा शक्तिशाली दबाब सभा आयोजना गरेको छ। भ्रष्टाचार छानबिनमा देखिएको ढिलासुस्ती र निष्क्रियताप्रति कडा आपत्ति जनाउँदै अभियानले सरकारलाई तत्काल कदम चाल्न दबाब शान्तिपुर्ण रयाली निकालेको हो ा कार्यक्रममा सहभागी भएका राष्ट्यि एकता अभियानले विभिन्न भ्रष्टाचारका काण्डहरूमा संलग्न दोषीमाथि अविलम्ब कारबाहीको माँग गरेका छन् ा रयालीमा पोखरा एयरपोर्टका भ्रष्टाचारीलाई कार्यवाही गर, विकासको हत्यारालाई उन्मुक्ति नदे१ू, ूगिरिबंधु र भूटानी शरणार्थी फाइल ओपन गर, सत्य छिपाउने खेल बन्द गर१ू र ूटेरामैक्स घोटालाबाजलाई कार्यवाही गर, जनता ठगेकालाई छोड्न पाइँदैन१ू जस्ता नाराहरू लगाएका थिए। यस्तै, ूकाँटोंमेंट घोटालाको हिसाब दे, जनताको पैसामा विलासी जीवन बन्द गर१ू र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कार्यवाही गर भन्दै उच्च पदस्थ व्यक्तिहरूमाथि पनि कारबाहीको माग गरिएको थियो। समग्रमा ूजनताको कर, नेताको खर – अब यो खेल बन्द गर, भन्ने नाराले भ्रष्टाचारले आम जनतामा पारेको नकारात्मक प्रभावलाई झल्काएको थियो।रयालीमा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, अभियंता शम्भू देव, अधिवक्ता चन्द्र यदुवंशी, र अभियंता रामबाबु यादव लगायतका वक्ताहरूले सम्बोधन गरेका छन् ा उनीहरूले नागरिक सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन