बीरगंज उद्योग वाणिज्य संघले एक प्रेस बिज्ञप्ती जारी गर्दै भंसार विभाग र निजीक्षेत्रसँग लामो समयदेखि भंसार मूल्यांकन सम्बन्धमा विवाद रहदै आएको हुदां थियो । नेपाल सरकारले हालसालै विराटनगर भंसार कार्यालमा परिक्षणको रुपमा पारम्पारिक मूल्यांकन प्रणालीलाई विस्थापन गरी भंसार मूल्यांकन डाटावेस प्रणली लागु गरेको र त्यहाँको परिणाम सकारात्मक भएकोले निकट भविष्यमा वीरगञ्ज भंसार कार्यालयमा पनि यो व्यवस्था लागु गर्ने भनि मिति २०८२÷६÷२७ गते भंसार विभागसँग एकीकृत भंसार जाँचचौकी, वीरगञ्जमा जानकारी हुन आएकोले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अत्यन्त उत्साहित भएको छ । लामो समयदेखिको मूल्यांकन प्रक्रिया सुधार हुने र स्वच्छ र पारदर्शी कारोबार गर्ने व्यवसायीहरुलाई यस प्रक्रियाबाट सरल भै व्यवसाय बढ्ने भएकाले हामी प्रणालीलाई पूर्णत सहयोग गर्नेछौं । र सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई सहयोग गर्न अभिप्रेरित गर्नेछौं ।
पुनः नेपाल सरकार भंसार विभागले मिति २०८२÷६÷२४ मा आधिकारिक व्यावसायिक व्यक्ति÷ट्रष्टेड ट्रेडर्सको मान्यताप्राप्त गर्नका लागि गोरखापत्रमा दरखास्त आह्वान गरेको छ । समाजमा विद्यमान राम्रा व्यवसायीहरुलाई मान्यता दिई उनीहरुको व्यवसायमा थप सरलीकरण गर्ने उद्देश्यले गरिएको सो कार्य अत्यन्त नै सराह्नीय छ । यसको मापदण्डमा पर्ने सम्पूर्ण व्यवसायीलाई यसमा भाग लिई आफ्नो व्यवसायलाई प्रबद्र्धन गर्न र अब समाजका हरेक तप्कामा राम्रो र नराम्रो व्यक्तिलाई छुट्टयाई राम्रालाई प्रोत्साहन र नराम्रालाई सुधार गर्न जरुरी भै सकेको वर्तमान परिप्रेक्ष्यमा सरकारले कमसेकम व्यावसायिक क्षेत्रमा यो व्यवस्था लागु गरेकोमा बीरगंज उद्योग वाणज्य संघले एक प्रेस बिज्ञप्ती जारी गदै उतm निर्णयलाई स्वागत गरेको छ ा