पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नितेश मिश्र उर्फ चुन्नु लगायत पाँच माथी ज्यान मार्ने उघोग मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिनुभयो ा पर्सा जिल्ला अदालतले वडाध्यक्ष मिश्र लगायत पाँच जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरुको खोजतलाश जारी गरिएको प्रहरी निरक्षिक खड्काले बताउनु भयो । मन्जीव मिश्रको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले अनुसन्धानको क्रममा प्रमाण नष्ट हुने जा अभियुतm फरार हुने सम्भावना भएको हुनाले अदालतले तत्काल पक्राउ पुर्जी जारी गर्न आदेश गरेको हो ा वडाध्यक्ष चुन्नुसँगै पर्सागढी ५ का रविरंजन मिश्र ९पिन्टु०, राकेश मिश्र, रुपेश मिश्र, चन्द्रमा मिश्रविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । मन्जीव मिश्रको जाहेरीका आधारमा नेपाल सरकार वादी र बृजकिशोर मिश्रसहित अन्य प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको हो ।