प्रहरी उपरिक्षक सुदीपराज पाठक पर्सामा आगमान भए लग्तै तस्करी नियन्त्रण गर्नका लागी मातहत प्रहरी चौकीका ईन्चाजलाई निर्देशन दिएपनि केही प्रहरी ईन्चर्जाहरुले प्रहरी उपरिक्षक सुदीपराज पाठकको निती निर्देशनलाई धोती लगाउँदै रातीको बखतमा संस्थागत तस्करी गराईरहेका छन् ा पसा जिल्लाको अधिकांश प्रहरी चौकीबाट तस्कर समुहहरुले भरिया तस्कर प्रयोग गरी तस्करी गराईरहेका छन ा प्रहरी उपरिक्षक सुदीपराज पाठकले तस्करी नियन्त्रण गर्नका लागी प्रहरी परिचालन गरेपछि बीरगंजका केही नामुद तस्करहरुले तस्करी गर्ने शैलीमा परिवर्तन गरी आफनो धन्दा फस्टाएका छन् ा तस्करहरुले नेपाल र भारत नाका सँग जोडिएका सिमानाकाबाट महिला, अपाँग, साईकल प्रयोग गरी सहज तरिकाले तस्करी गराएका छन् ा भन्सार छली गरी ल्याएको तस्करी सामग्रीहरु बीरगंजको केही टा्रन्सपोर्टमा खुलेआम तस्करी सामान दिने गरेको स्पष्ट हेर्न सकिन्छ ा पर्सा जिल्लाको भन्सार , ईनर्वा गाउँ, नगवा, छपकैया, सिर्सीया, अमरपटी, पटेर्वा सुगौली लगायत स्थानहरुबाट तस्कर गिरोह समुहहरुले तस्करीमा शैलमिा परिवर्तन गरी राजस्व चुहावट गर्दै आईरहेका छन् ा बीरगंजको मुख्य भन्सार नाकाबाट चार पाँच जनाको महिला समुहहरुले ई रिक्शा तथा टेम्पोमा सवार भई लुकाई छिपाई भारतीय कपडा , कुर्ता सुरुवाल , केराउ , काजु, छोकडा लगायतका सामानहरु बीरगंजको बजारमा खुलेआम पुयाउने गरेका छन् ा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति पुरनचन्द भट तथा नेपाल प्रहरीका प्रहरी उपरिक्षक सुदीपराज पाठकले तस्करी नियन्त्रण गर्नका लागी अहोरात्र खटेपनि तस्करी भने रुकेको छैन् ा सडकमा खटिने नेपाल प्रहरी सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी धन्दा फस्टाएको हो ा यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी ल्याएको काजु ठुलो परिणाममा बरामद गरेको छ ा बीरगंजको छपकैयामा नेपाल प्रहरीले एकघरमा छापामारी गर्दा अबैध तरिकाले भण्डारण गरेको २५० किलो काजु र ५० किलो छोकडा बरामद गरिएको पर्सा प्रहरी जनाएको छ ा प्रहरीले छपकैयामा छापमारी गरेपछि तस्करहरु बीच खैलाबैला मच्चिएको छ ा