नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा एक जना महिला सहित कुल ६७ जनाले रक्तदान गरेका थिए।
रक्तदान गर्नेहरूमा रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुलशन कुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह, मोतीलाल पासवान, लक्ष्मण कुमार यादव, सुदन पुरी, रामचन्द्र यादव, मुकेश राय लगायतका व्यक्तिहरू रहेका थिए।
कार्यक्रमको विशेष उपस्थितिमा पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठक तथा डिएसपी किशोर लम्साल उपस्थित रहेका थिए।
उनले रक्तदान जीवनदान हो भन्दै यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बन्ने बताएका थिए।
प्रहरी दिवसको अवसरमा आयोजित यस रक्तदान कार्यक्रमले प्रहरी संगठनको मानवसेवा, अनुशासन र उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काएको बताइएको छ।