कर्तब्य ज्यान मुद्दामा कैद भुक्तmान गरीरहेका फरार कैदीलाई पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा पक्राउ गरेको छ ा जेनजी आंदोलनमा केन्द्रिय कारागार जगनाथदेवल कांठमाण्डौबाट फरार रहेका बीरगंज महानगरपालिका वडा नम्बर ८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई पर्सा प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ा पर्सा जिल्ला अदालतले दिपक कुमार महरालाई कर्तब्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २५ वर्ष कैद सजाय फैसला गरेको थियो ा कैद भुक्तmानको लागी आरोपित महरालाई केन्द्रिय कारागार जगनाथदेवल काठमाण्डौ पठाइएको थियो ा जेनजीको आंदोलनको मौका छौपी २०८२, ५ , २४ गते महरा जगनाथदेवल कारागारबाट फरार भई बीरगंजमा लुकीछिपी बस्दै आईरहेको पर्सा प्रहरीले सुचना पाएलग्तै दिपक कुमार महरालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले बताउनु भयो ा पक्राउ परेका महरालाई बाँकीको कैद भुक्तmानको लागी बीरगंज कारागारमा पठाइएको छ ा