बिभिन्न सामाजिक सञ्जालको माध्यमले उधोगी तथा ब्यापारिकहरुको संस्थाको नाउँमा नक्कली बिल बिजक बनाई ठुलो मात्रामा सिमेन्ट, छड, मदिरा , मोटर पार्ट‘स लगायतका सामानहरु ठगी गर्ने गिरोह सक्रिय रहेको हुनाले सर्वसाधाराण नागरिकहरु सचेत हुनका लागी जिल्ला प्रहरी कार्यालय पर्साले सुचना जारी गरेका छ ा बिगत केही दिन देखी सामाजिक सञ्जालको मार्फत ठगी धन्दा फस्टाएको हुनाले त्यस्ता ठगहरुबाट सावधान रहनको लागी पर्सा प्रहरीले सुचना जारी गरेको हो ा बीरगंजका प्रतिष्ठित ब्यापारिकहरुको बिल बिजक नक्कली बनाई बिल बिजक मार्फत बिभिन्न ब्यापारिक समुहबाट भारीमात्रामा सिमेन्ट , छड मदिरा लगायतका सामानहरु खरीद गरी ठगी गरिएको घटनामा तिब्रता पाएको हुनाले कुनै पनि ब्यापारिक कारोवारहरु गर्दा एकिन भएपश्चात मात्र कारोवार गर्नु हुन प्रहरीले जारी गरेको सुचनामा अनुरोध गरिएको छ भने आधिकारिता बिनाको कुनै सामानहरु खरीद नगर्न तथा खरीद गरिएको अवस्थामा कानुन बमोजिक कारवाही हुने जनाइएको छ ा