बीरगंजको होटल बृन्दावनमा मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ा एमजेस्टी इन्टरनेशनल समुह १६ बीरगंजद्धारा आयोजना गरिएको एकदिने प्रशिक्षण कार्यक्रममा कुन्दन राज शर्माले प्रशिक्षण दिदैं विश्वभरका मानव अधिकारका मापदण्ड, नेपालमा मानव अधिकारको अवस्था, र नागरिक सरोकारका विषयमा विस्तृत जानकारी गराउंदै
मानव अधिकारको सिद्धान्त, उल्लंघन रोकथामका उपाय, र अधिकारको संरक्षणमा नागरिकको भूमिकाबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा समूहका पूर्व संयोजक राजेश बोथरा, रजनीश झा पत्रकार अभिलाष गुप्ता, अनिल ओझा, संतोष कुश्वाहा, एमनेस्टी समूह–१६ वीरगंजका पूर्व अध्यक्ष प्रकाश बाहेती, र दलित महिला संघ वीरगंजकी अध्यक्ष निलाराम लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।