अहिलेको आधुनिक डिजिटलको समयमा घरमा बसेर नै कारोवार देखी सम्पुर्ण काम भईरहेको छ ा देश बिदेशको ताजा खबर देखी लिएर चलचित्र, मनोरञ्जन लगायतका सामग्रीहरु सामाजिक सञ्जालमा हेर्न पाईरहेको छ ा एक मिनेटमा नै देश बिदेशको ताजा खबर पढ्न तथा हेर्न पाईरहेका छौ ा सामाजिक सञ्जालको माध्यमबाट फाईदा छ भने कतिपय नोक्सान पनि छ ा हामीले सामाजिक सञ्जाल हेरेको सामग्री झुठो हो भन मिल्दैन् ा कतिपय सामग्रीहरु साँचो पनि हुन्छन् ा हामीले हेरेको सामाजिक सञ्जाल कसरी लिने त्यो दर्शक माथी निर्भर पर्छ, हाम्रो मस्ष्तिकले जे सोच्छ त्यही हामीले गर्छाै ा सामाजिक सञ्जाल हेर्दा हाम्रो मस्ष्तिक त्यसतर्फ केन्द्रित हुन्छ ा सामाजिक सञ्जाल फेसबुक, ह्वाटसप, भाईबर, इमो, म्यासेन्जर लगायत अनलाईन चार्ट गर्दा हामीहरुले केही कुरामा ध्यान दिर्नुपर्ने जरुरी हुन्छ ा ध्यान दिएन भने हामी ठगहरुको शिकार बन समय लाग्दैन् ा अहिले सामाजिक सञ्जालमा घर, मोटरसाईकल, जीप , कार, बिक्री तथा अनलाईन गेम जस्ता हाम्रो मोबाईलको एपम बिज्ञापन भएर आउने गरेको हुन्छन् ा जस्ता एप्पमा क्लिक गर्नु भनेको ठगहरुको चक्करमा फस्नु हो ा कुनै सामग्री अनलाईन गर्नु भन्दा अगाडी त्यसको सम्पुर्ण जानकारी लिएर मात्र अर्डर दिनु नै उचित हो ा अहिले सामाजिक सञ्जालमा ठग गिरोहहरु सक्रिय रहेका छन् ा अनलाईनको माध्यमबाट कतिपय सर्वसाधारण नागरिक ठगिएका छन् ा अनलाईन कारोवार गर्नु भन्दा अगाडी त्यसको संस्था वा कम्पनीको सम्पुर्ण जानकारी लिएर मात्र कारोवर गरौं ा