बिदेश पठाईदिने प्रलोभन दिई रकम ठगी गरेको आरोपमा अपराध अनुसन्धान शाखा टेकु काठमाण्डौबाट खटिएको प्रहरी टोलीले एक महिलालाई नियन्त्रणमा लिई थप कारवाहीको लागी वैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौ पठाइएको छ ा बेरोजगार युवायुवतीहरु लाई क्यानडामा रोजगारको प्रलोभन दिई प्रत्येक ब्यतिm सँग नेपाली रुपैया रु तीन लाख लिएर सम्र्पक बिहीन भएपछि पिडीतपक्षहरुmे अपराध अनुसन्धान शाखामा जाहेरी दिएपछि सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बस्दै आएकी २६ वर्षीय मनिषा अधिकारीलाई पक्राउ गरिएको हो ा पक्राउ परेकी मनिषाले कयौ युवा तथा युवतीहरुलाई बिदेशमा राम्रो रोजगारको ब्यवस्था गरिदिने भन्दै लाखौ रुपैया ठगी गरेकी महिला हुन् ा