बीरगंज महानगरपािलका वडा नम्बर ४ बिर्ता स्थित रहेको नर्सिड क्याम्पसले स्वास्थ्य प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ ा बीरगंज १२ मुर्ली पोखरीमा परिसरमा सम्पन्न भएको कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले स्वास्थ्य शिक्षा र चेतनाको प्रसारका यस्ता प्रदर्शनहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताउँदै नर्सिङ अध्ययनरत विद्यार्थीहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा गर्ने प्रेरणा प्रदान गर्नु भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख कल्पना पौडेल, क्याम्पसका प्राध्यापक, विद्यार्थी, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक मोडेल, पोषक आहार, सरसफाइ, मातृ–शिशु स्वास्थ्य, रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य, र अन्य रोग रोकथामका उपायहरूबारे जानकारी प्रस्तुत गरिएको थियो ा