जन अधिकार आन्दोलन नेपाल, मिटर ब्याज संघर्ष समिति र लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको संयुक्त आयोजनामा बीरगंजको आर्दशनगर स्थित रहेको रानीधर्मशालामा संयुक्त भेला तथा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले कार्यक्रममा बोल्दै वर्तमान समयमा देशभर मिटर ब्याज र लघुवित संस्थामार्फत जनसाधारणमाथि भइरहेको आर्थिक शोषण असह्य अवस्थामा पुगेको बताउँदै पीडितहरू एकताबद्ध भएर आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता औंल्याउनुभयो। सरकारले मिटर ब्याज सम्बन्धी बिधेक ल्याएपनि प्रभावकारी नभएको भन्दै अहिले पनि मिटर ब्याजको चपेटामा सोझा नगारिकहरु परेका छन् ा हामी सबैजना एक भएर पुर्ण एकपटक आंदोलनमा उत्रिनुपर्ने देखिएको कार्यक्रमको प्रमुख अतिथी मनिराम ज्ञवालीले भने, मिटर ब्याज र लघुवित पिडीतका समस्या अझै पनि उस्तै रहेको छ ा नेपाल सरकारले पिडीतको समस्या समाधान गछौ भन्ने घोषणा गर्दै आएको भएपनि सरकारले घाउमा मलम लगाए जस्तै ब्यवहार गरीरहेको अध्यक्ष ज्ञवालीको आरोप रहेको छ ा वित्तीय संस्थाहरूले गरीब जनतालाई ऋणको नाममा दोहन गरेको आरोप लगाउँदै कानूनी तथा सामाजिक दुवै स्तरमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले केन्द्रदेखि स्थानीय तहसम्म संगठन सुदृढ पार्ने घोषणा गर्नुभयो।कार्यक्रममा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा, समिति नेपालका रामेश सेन्चुरी, तथा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविन लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला अध्यक्ष शिव साह तेलीले गर्नुभएको थियो।