मधेश प्रदेशमा बिकसित राजनितिक घटनाक्रमले देशको राजनिनिकमा तरंग ल्याएको छ ा मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीले रातरात नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको गोप्य शपथ खुवाएको घटना हेर्दा संघीयता नै घरापमा पार्ने ठुलो षड्यन्त्र भएको देखिन्छ ा मधेश प्रदेशकी प्रमुख सुमित्र भण्डारीले चालेको कदम लोकतन्त्रको बिरोध हो ा संविधानको धारा १६८ को उपधारा ३ अनुसार एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले सरोज कुमार यादवलाई नियुक्ति दिने प्रावधान भएपनि रातरात चारतारे होटलमा मुख्यमन्त्रीको शपथ खुवाउनु नै प्रदेश प्रमुख भण्डारी माथी शंकाको घेरामा परेकी हुन् ा जबकी निर्वतमान मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत नपाउने देखेपछि कार्तिक २२ मा राजीनामा दिएका थिए । उनले गत असोज २९ मा पाँच दलको ५६ सांसदको समर्थनमा सरकार बनाएका थिए । राजीनामापछि धारा १६८ को उपधारा २ अनुसार बहुमतको सरकार गठन हुनुपर्ने माग विपक्षीहरूको रहे पनि प्रदेश प्रमुखले सीधै ठूलो दललाई नियुक्ति दिएकी हुन् । मधेश प्रदेशकी प्रमुख सुबित्रा भण्डारीले दलहरुलाई नयाँ सरकार बनाउनका लागी समय दिनुपर्ने हो ा दलहरुमा बहुमत नपुगेको खण्डमा संबिधानको धारा १६८ को उपधारा ३ अनुसार एमाले प्रदेशसभाको सबैभन्दा ठुलो दल भएको हुनाले वहाँलाई मुख्यमन्त्री पदको शपथ खुवाउने प्रावधान रहेको छ ा तर प्रदेशकी प्रमुख भण्डारीले चालेको कदम लोतकन्त्र बिरुद्ध रहेको स्पष्ट देखिएको छ ा