पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा अनलाईन मार्फत सर्वसाधारणहरुलाई ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ा पर्सा जिल्लामा अनलाईन मार्फत ठगी धन्दा संचालनमा आएको हामीलाई सुचना पाएका थियौ ा अनुसन्धान गर्दै जाँदा ठगका गिरोहमा संलग्न रहेका ब्यतिmहरुले सर्वसाधारण नागरिकहरुलाई बिभिन्न प्रलोभन दिई बैंकहरुको मनी मोल एकाउन्ट खोलाई , सोशल मिडीया प्लेटर्फम मार्फतत फिसिड ओटीपी फा्रउड जब स्क्याम तथा फेक अनलाईन बिजनेश स्क्याम र एआईबाट बिभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरु बनाई सामानहरुको अडर बिल बनाएर ठगी गर्नुको साथै बिभिन्न ब्यतिmहरुको बैंक खाता र डिजीटल वालेटहरु प्रयोग गरी दश करोड भन्दा बढी अबैध कारोवार गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ा बीरगंजमा अनलाईन मार्फत ठगी धन्दा गर्ने गिरोहहरु नै सक्रिय रहेका छन् ा ठगी धन्दामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर ८ प्रभु अस्पताल नजिकैबाट बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय राहुल मण्डल , सोही स्थान बस्ने १४ वर्षीय नावालक र बीरगंज महानगरपालिका वडा नम्बर २९ मुसैली बस्ने ३५ वर्षीय कृष्ण प्रसाद साह रहेका छन् ा उनीहरुको साथबाट प्रहरीले बिभिन्न बैंकको ४३ वटा एटीएम कार्ड बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक सुदीप राज पाठकले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ा प्रहरीले थप अनुसन्धान गर्नका लागी पर्सा जिल्ला अदालतबाट तिनको दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको छ ा