उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाण्डौबाट खटिएको प्रहरीले टोलीले ठगी गरेको दुईजनालाई पक्राउ गरेको छ ा पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षीय मनोहर चौधरी र प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर १३ बस्दै आएका २२ वर्षीय मेघराज सुनार रहेका छन् ा पक्राउ परेका चौधरीले युकेमा आकर्षक रोजगार दिलाईदिने भन्दै सर्वसाधारण सँग बिभिन्न प्रलोभन दिई आठ लाख, पच्चास हजार ठगी गरेको र सुनारले अष्ट्रेलिया रोजगारको ब्यवस्था गरिदिने भन्दै २८ लाख रुपैया ठगी गरेको आरोपमा दुबैजनालाई पक्राउ गरिएको वरिरष्ठ प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ा सर्वसाधारण नागरिहरुलाई बिदेशमा रोजगार दिलाई दिने भन्दै बिदेश लैजाने भन्दै चौधरीले आठ लाख पच्चास हजार र सुनारले पच्चसी लाख रुपैया ठगी गरेको जाहेरी परेपछि सोही जाहेरीको आधारमा पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका वरिष्ठ प्रहरी उपरिक्षक रमेश बस्नेतले भन्नु भयो ा