भारतको पुरानो दिल्ली स्थित रहेको लालकिला नजिकै आतंकवादी संगठनहरुले कारमा बम बिस्फोट गराउंदा कम्तिमा एक १२ जनाको ज्यान गएको छ भने २० जना भन्दा बढी घाईते भएका छन् ा उतm बम बिस्फोट भएपछि नेपाल र भारत सिमानाका सँग जोडिएको नाकाहरुमा नेपाल प्रहरी तथा भारतीय प्रहरी हाई अल्र्टमा रहेका छन् ा आंतकवादी गतिविधी हुने सक्ने शंका गर्दै पर्सा प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ ा बीरगंजमा शंकास्पद बस्तु फेला पर्ने थालेपछि पर्सा प्रहरीले सुरक्षा ब्यवस्था कडाई गरेको हो ा खुल्ला सिमा नाका भएको हुनाले नेपाल र भारतबाट आउने यात्रु तथा सवारी साधानहरु माथी पर्सा प्रहरीले निगरानी बढाएको छ ा पर्सा जिल्लामा कुनैपनि शंकास्पद बस्तु फेला परेपछि प्रहरीलाई खबर गर्न पर्सा प्रहरीले सर्वसाधारण नागरिक सँग आग्रह गरेको छ ा बिना वर्दी वाला प्रहरी जनता पनि हुन् ा देशमा शान्ति सुरक्षा गर्ने प्रहरीको दायित्व मात्र नभई जनताको पनि त्यतीकै दायित्व हो ा हामा्रे टोल समाजमा कुनै पनि शंकास्पद मानिस तथा बस्तु देखेपछि प्रहरीलाई खबर गर्नका हाम्रा्े कर्तब्य र दायित्व पनि हो ा गाउँ ,समाज ,टोलमा देखिएको शंकास्पद बस्तु अग्रसर भएर नछोऔ प्रहरीलाई खबर गरौं ा