अबैध लागु औषध बा्रउन सुगर सहित बारा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरिक्षक सन्तोष तामाँडले जानकारी दिनुभयो ा लागु औषध बा्रउन सुगरको कारोवार भईरहेको सुचना पाएपछि लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बीरगंज तथा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुतm प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको लल्का पुलबाट पथलैया पैदल जाँदै गरेको यात्रु महिलालाई नियन्त्रणमा लिई महिला प्रहरीले खानतलाशी गर्दा ४४ ग्राम ४०० सय मिलीग्राम लागु औषध बा्रउन सुगर सहित महिलाको साथबाट बरामद गरिएको प्रहरी उपरिक्षक ताँमांडले भने, पक्राउ परेकी दुबै महिला पहिला देखी नै लागु औषध बा्रउन सुगर बिक्री गर्न महिला रहेको प्रहरीको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ा लागु औषधका मुख्य कारोवारीहरुले भरिया प्रयोग गरी लागु औषध धन्दा फस्टाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय सुसिला देबीको साथबाट बा्रउन सुगर बरामद भएपनि सोही कार्यमा संलग्न रहेकी पर्सा पोखरीया नगरपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीय पुजा देबीलाई पक्राउ गरीएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामाँडले बताउनु भयो ा