बीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा स्थित रहेको एकता युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ६ महिला सहित ७५ जनाले रक्तदान गरेका छन् ा रक्तदान गर्नेहरूमा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रविण देवी, खुुश्बु कुमारी, लक्ष्मी कुमारी, रमिता देवीलगायत स्थानीय युवा तथा स्थानियहरुले गरेका हुन् ा एकता युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेशका केन्द्रिय सदस्य अजय चौरसिया , बिशिक्ष्ट अतिथी मधेश प्रदेशका साँदस श्याम पटेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट प्रहरी वरिष्ठ उपरीक्षक हिर कुमार बस्नेत , प्रहरी वरिष्ठ उपरीक्षक राजु कार्की , श्रीपुर प्रहरी नविन थापा मगर र रामगढवा एकता युवा परिवार तथा रोशन कुमार कुर्मीको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको छ ।