हरियाली, स्वच्छता र सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरण अभियान १५ दिनमा सम्पन्न भएको छ ा कार्यक्रममा सम्बोधन गर्दै बीरगंज महानगरपालिका मेयर सिंहले सीमाक्षेत्रको सुरक्षित, स्वच्छ र हरियालीयुक्त वातावरण निर्माणमा सबै क्षेत्रको सामूहिक भूमिका अपरिहार्य रहेको बताउँदै महानगरले दिगो वातावरणीय सुधारका लागि निरन्तर पहल गरिरहेको बताउनु भयोा ।भारतीय दूतावासका प्रमुख डी।एस। मिनाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध वातावरणीय तथा सीमाक्षेत्रीय व्यवस्थापनबाट झनै मजबुत हुने धारणा व्यक्त गरे। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख पुरन चन्द भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख भोला दहाल, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।