भदौ २३ र २४ गते बीरगंजमा भएको जेनजी आंदोलनको क्रममा तोडफोड , लुटपाट तथा आगजनीमा संलग्न रहेका नेकपा एमाले पर्सा जिल्ला कमिटीले नेता तथा कार्यकर्ताहरलाई पार्टीबाट निष्कासन तथा पार्टी सदस्यता खारेज गर्ने निर्णय गरिएको जिल्ला सचिप महेश दासले बताउनु भयो ा जेनजी आंदोलनका क्रममा नेकपा एमाले पार्टीमा आवद्ध रहेका नेता तथा कार्यकर्ताहरुले पार्टीको निर्णय बिरुद्ध कार्य गरेको हुनाले संलग्न रहेका कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको सचिव दासले भने, पर्सा जिल्ला कमिटीको पाँचौ पुर्ण बैठकले उतm निर्णय गरेको बताउनु भयो ा जेनजी आंदोलनपछि बिभिन्न सामाजिक तथा सञ्चारमाध्यबाट राजीनामा दिएका एवम् जेनजी आंदोलनमा सहभागी भएका नेता तथा कार्यक्र्ताहरुको पार्टी सदस्य खारेज गर्ने निर्णय गरिएको जानकारी दिए ा बैठकले अगामी मंसीर १३ गते महाधिवेशन प्रतिनिधी सर्वसम्मति छनौट गर्ने र मंसीर २७ गते काठमाण्डौमा हुने पार्टीको महाधिवेशन उद्घाटन समारोहमा पर्सा जिल्लाबाट ब्यापक सहभागीता गराउने निर्णय गरिएको नेकपा एमाले पर्साका सचिव महेश दासले बताउनु भएको छ ा बैठक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सचिव रधुवीर महासेठले पार्टीमा आपसी मतभेद छाडेर एक ढिक्का भएर पार्टीमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो ा पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्दा मधेश प्रदेशमा एमालेलाई पहिलो पार्टी बनाएको दाबी गर्नुभयो ा देशभरी नै नेकपा एमाले पहिलो पार्टी बनाउनका लागी अध्यक्ष केपी शर्मा ओलीको लक्ष्य रहेको बताउंदै पार्टीलाई मजबुत बनाउनका लागी आपसी द्धन्द नगरि एक ढिक्का भएर जानुपर्ने बताउनु भयो ा नेकपा एमाले पर्सा जिल्लाका अध्यक्ष डाक्टर बिश्वम्भर कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले सुन्दर कुर्मीलाई जिल्ला प्रचार बिभाग प्रमुखमा मनोनयन गरिएको छ ा