बीरगंजमा मोटरसाईकल चोरहरुको बिगबिगी भएको छ ा स्थानिय प्रहरी प्रशासनको लापरवाहीले गर्दा बीरगंजमा खुलेआम मोटरसाईकल चोरहरुले सक्रियता बढेको हो ा गत शुक्रवार सांझ बीरगंजको मेनरोड स्थित रहेको टिभी हाउस अगाडी मधेश प्रदेश २, ०३, ०११ प् ४९४९ कालो रंगको स्पलेन्डर मोटरसाईकल पार्कीग गरेर राखेको अवस्थामा मोटरसाईकलको लक तोडेर चोरी गरेर लगेको सिसी क्याम्रामा स्पष्ट देखिएको छ ा समान्य बिना हेल्मेट तथा नो पार्कींगबाट मोटरसाईकलमा सवार भई आउँदा सडकमा खटिएका टा्रफिक प्रहरीले तुरुन्तै रोकेर कारवाही गर्ने गरेको छ ा जुन स्थानबाट मोटरसाईकल चोरी भएको छ त्यस स्थानको ५० मिटर आर्दशनगरको मुख्य चौकमा टा्रफिक प्रहरी र नेपाल प्रहरीको डिउटी हुने गरेको छ ा मोटरसाईकल चोरले बिना हेल्मेट सवारी साधान गुडाउदा डिउटीमा खटिएका प्रहरीको ध्यान किन नगएको बीरगंजवासीहरुको प्रश्न रहेको छन ा बीरगंज आसपास क्षेत्रमा मोटरसाईकल चोरी घटनामा तिब्रता पाएको छ ा