सेवाग्राहीहरुलाई राहदानी छिटछिरोती बनाईदिने भन्दै बढी रकम लिने तीनजना बिचौलियालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ ा राहदानी बिभाग त्रिपुरेश्वरको मुलगेट अगाडी उभिएका बिचौलियाहरुले सेवाग्राही र बिभागका कर्मचारीहरुलाई दुख दिने गरेको सर्वसाधारणहरुबाट गुनासो आएपछि तीनजनालाई नियन्त्रणमा लिइएको अपराध अनुसन्धान शाखाका वरिष्ठ प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ा पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका वडा नम्बर १ बस्ने हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ बस्ने ३२ वर्षीय भाग्य नारायण साह, सिन्धुपाल्चोक चौतरा नगरपालिका वडा नम्बर ५ बस्ने हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर २८ बस्ने ४३ वर्षीय मिक्टे लामा र धादिंड नेत्रावती गाउापालिका वडा नम्बर २ बस्ने हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ बस्ने ३६ वर्षीय बिरेन्द्र थापा मगर रहेका छन् ा