बीरगंज नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको घर खाली गराई महानगरपालिकाले नियन्त्रणमा लिइएको छ ा बीरगंजका मेयर राजेश मान सिंहले अतिक्रमण गरेर टहरा बनाएको संरचना भत्काउने अभियान नै चलाएका छन् ा सोही अभियान अन्तर्गत बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको बनेको घर औपचारिक रुपमा खाली गराएको हो ा बीरगंज महानगरपालिकाका भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समिति संयोजक प्रदीप कुमार चौरसिया, नगर प्रमुख सल्लाहकार हरि प्रसाद पोखरेल, नगर प्रहरी प्रमुख हरि भुसाल लगायतको उपस्थितीमा अतिक्रमित घर–जग्गा खाली गराईएको हो ा बीरगंज महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियान निरन्तर रूपमा अघि बढाइने जनाएको छ।