पर्सा प्रहरीले चोरी गरेको ३६ लाख रुपैया मुल्य बराबरको सुनचाँदी गहना सहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ा पक्राउ पर्नेहरुमा एक नेपाली सहित तीन भारतीय नागरिक रहेका छन् ा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा हरि बस्नेतले बताए अनुसार बिशेष सुचनाको आधारमा गत कार्तिक ३० गते लु ९६ प ३७३३ नम्बरको स्कुटर रोकेर खानलताशी गर्दा भारत बिहार बेतिया बल्थर थाना बस्ने ६० वर्षीय शेख बुनादले लगाएको पाइन्टको दाहिने खल्तीबाट सेतो रङ्गको रुमालमा सेतो रङ्गको कागजभित्र बिल बिजक नभएको सुनका केही गहना फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ा अनुसन्धानको क्रममा शेषले प्रहरीलाई दिएको बयानको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढाका नटको घरमा खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहनाहरू बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले नटको घरबाट सुनको सिक्री ११ थान, सुनको झुम्का २ थान, सुनको नथिया ३ थान, सुनको पोतेसहितको माला २ थान,सुनको लकेट १ थान, सुनको औँठी १ थान, सुनको मांगटीका २ थान, चाँदीको पाउजु १० थान, चाँदीका सिक्का २ थान, सुनको बिछिया ८ थान, चाँदीको हाथशंकर २ थान तथा सुनचाँदी तौल गर्ने तराजु १ थान बरामद भएको डिएसपी बस्नेतले जानकारी दिए । यससंगै नगद नेपाली ३ लाख ७९ हजार रुपैयाँ र भारतीय ९ हजार २०० रुपैयाँ पनि बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक हरि बस्नेतले जानकारी दिनुभयो ा पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, सोही स्थान बस्ने ६० वर्षीय शेख बुनाद, बिहारको बेतिया जिल्लाको आरापिपरा बस्ने ३१ वर्षीय विनोद राउत र पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढाँका २० वर्षीय विद्याकुमार नट रहेका छन् ।