बारा प्रहरीले श्रोत नखुलेको दशलाख असी हजार रुपैया सहित एकजनालाई पक्राउ गरेको छ ा बैरिनिया स्थित रहेको सशस्त्र प्रहरी आउट पोष्टमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर बाट सशस्त्र प्रहरी हुण्डीको रकम सहित एकजनालाई पक्राउ गरेको हो ा भारतको रक्सौलबाट लु ४ प ६४६२ नेपाली मोटरसाईकलमा सवार भई बाराको बलरामपुर तर्फ आउने क्रममा सिमानाका खटिएका सशस्त्र प्रहरीले उतm मोटरसाईकल नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली १० लाख ८० हजार रुपैया सहित भारत बिहार रक्सौल बस्ने अमर हजन पक्राउ परेको हो ा यसैगरी बलरामपुरमा खटिएको प्रहरी टोलीले बिआर ५ ए भि ५९८३ नम्बरको भारतीय मोटरसाईकलमा लुकाई छिपाई राखेको अवस्थामा ३ लाख नेपाली रुपैया सहित रक्सौलका आन्नद कुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ा