बारा प्रहरीले अबैध लागु औषध खैरौ हिरोईन सहित पाँच जनालाई पक्राउ गरेको छ ा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनी , लागु औषध नियन्त्रण ब्युरोको संयुतm टोलीले बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीका ४२ वर्षीय कुष्ण महतोको घरमा बा्रउन सुगर बिक्री बितरण भईरहेको जानकारी पाएपछि घरमा छापामारी गर्दा २३ ग्राम ७१० मिलीग्राम खैरौ हिराईन पाँच जनालाई पक्राउ गरिएको हो ा पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीका ३२ वर्षीय लालकुमार बैठा, ३६ वर्षीय लालु साह, निजगढ नगरपालिका वडा नम्बर ८ ४० वर्षीय राजकुमार लामा र २५ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् ा पक्राउ परेका पाँचजनालाई अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ा