बिधालय बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा ज्येष्ठ नागरिक संघ पर्साले आयोजना गरेको नि शुल्क आँखा शिविरमा ११५ जनाको चेकजाँच गरिएको छ ा ११५ जनाको निशुल्क आँखा चेकजांच गर्दा १८ जनामा मोतियाबिन्दु फेला परेको माट्रिकाआई फाउण्डेसनले जनाएको छ ा मोतिया बिन्दु फेला परेका १८ जना आँखाका बिरामीहरुको नि शुल्क शल्यक्रिया गरिने भएको छ ा कार्यक्रमका प्रमुख अतिथी पुर्व नगर प्रमुख बिजय सरावगीले आँखा मानव जीवनको संवेदनशील तथा अत्यावश्यक अंग भएको उल्लेख गर्दै स्वास्थ्य सेवाको पहुँच अभावमा समस्यामा पर्नेहरूलाई सहयोग पुग्ने उद्देश्यले गरिएको यस्तो पहल अत्यन्तै प्रशंसनीय रहेको बताउनु भयो ा कार्यक्रमको अध्यक्षता ज्येक्ष्ठ नागरिक संघका नगवाका अध्यक्ष बिश्वनाथ प्रसाद चौरसिया , सचिव सुरेन्द्र कानु, नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, लगायतको उपस्थिती रहेको थियो ा