बीरगंजको बसपार्क स्थित रहेको सत्यम होटलमा प्रहरीले छापामारी गर्दा तीनजना नावालिक युवति सहित तीनजना युवक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ा सत्यम होटलमा नावालिक युवतीहरुलाई जबरजस्ती यौनधन्दामा लगाएको पर्सा प्रहरीले सुचना पाएपछि सोही सुचनाको आधारमा शनिवार राती १० बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले छापामारी गर्दा तीनजना नावालिका युवती सहित तीनजना युवकलाई पक्राउ गरेको हो ा बसपार्क एरियामा केही होटलका सञ्चालकहरुले खुलेआम यौनधन्दा सञ्चालनमा ल्याएका छन् ा होटलमा सञ्चालकले युवतीहरुलाई एउटा कोठामा ताला बन्द गरी राख्ने गरेका हुन्छन् ा प्रहरीले चेकजाँच गर्न आयो भने उतm कोठामा गा्रहकले ताला मारेर गएको भन्दै प्रहरीलाई झुक्याएर यौन धन्दा चलाईरहेका छन् ा