बीरगंज भन्सारमा कार्यरत रहेका सहायक हवल्दार सुनील यादवको भरिया तस्करहरु सम्बन्ध समुधुर रहेको बुझनमा आएको छ ा सशस्त्र प्रहरी गुल्म बीरगंज भन्सारका प्रहरी नायब उपरिक्षक पुरुषोतम भण्डारीले तस्करी नियन्त्रण तथा सुचना संकलन गर्नका लागी सहायक हवल्दार सुनील यादव लगायतका टोलीहरु परिचालन गरेपनि उनीहरु भरिया तस्करहरु सँग सांठगाठ गरेर तस्करी सञ्चालनमा ल्याएका छन् ा भारतको रक्सौलबाट भन्सार छली गरेर बीरगंज तर्फ भित्रियाउने केराउ , चिनी, तरकारी, लताकपडा , रजनीगन्धा लगायतका पोके तस्करहरु सँग रकम लिने गरेको एक तस्करले नाम नछाप्ने शर्तमा भने, काजमा खटिएका सहायक हवल्दार सुनील यादव लगायतका टोलीले भरिया तस्करहरुले ल्याएको तस्करी सामान भण्डारण गरेको गोदामको सुचना आफनो सशसत्र प्रहरी नायब उपरिक्षक पुरुषोतम भण्डारीलाई नदिने शर्तमा तस्करहरुले रकम दिइएको ती तस्करहरुको दाबी रहेको छ ा भन्सारको मुख्य गेटबाट नै सशस्त्र प्रहरीका सहायक हवल्दार सुनील यादवको ईशारामा नै ई रिक्शा तथा अटोबाट कपडा तस्करी भईरहेको छ ा भारतको रक्सौलबाट बीरगंज तर्फ आउने अटो रिक्शा ,टेम्पो तथा टाँगाको भित्र लुकाई छिपाई भारतीय कपडा , हार्डवेयर लगायतका तस्करी सामान डिउटमिा खटिएका सशस्त्र प्रहरीले ग्रिन सिंग्नल दिएपछि मात्र सांझको बखतमा सेटिंगमा तस्करी भएको हो ा