सटाबाजी खेलाएको आरोपमा प्रहरीले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ा एनपीएलको दोसा्रे संस्करण क्रिकेट प्रतियोगीतामा सहभागी भई अनलाईन मार्फत सटाबाजी गरीरहेको सुचना प्राप्त भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ बल्खुबाट उनीहरुलाई पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरिक्षक रमेश बस्नेतले भन्नु भयो, एनपीएलमा भारतिय नागरिकहरुले बेटिड साईटबाट हारजितको खेल हुने गरी रकम गरी सटाबाजी गराईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताउनु भयो ा उनीहरुको साथबाट १५ थान मोबाईल बरामद गरिएको छ ा पक्राउ पर्नेहरुमा भारत आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २६ सामाखुशी बस्ने वर्ष ३१ वर्षिय राजा यदुला ,भारत आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिकाका वडा नं २६ सामाखुशी बस्ने वर्ष ३५ वर्षिय महेश बाबु , भारत आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २६ सामाखुशी बस्ने वर्ष ३० वषीय पण्डित श्रीनिवासुलु , भारत आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिकाका वडा नं। २६ सामाखुशी बस्ने वर्ष २० वर्षिय सेख सोयब , सोही स्थान बस्ने काठमाण्डौ महानगरपालिका वडा नं २६ सामाखुशी बस्ने वर्ष ३० को नभिन मड्डेला ,भारतको आन्द्रा प्रदेश प्रकासम जिल्ला कोइलमपट घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २६ सामाखुशी बस्ने वर्ष ३२ को महमद रफी सेख , हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २६ सामाखुशी बस्ने वर्ष १९ को साई कुमार तम्मिसेट्टी , भारतको आन्द्रा प्रदेश प्रकासम जिल्ला कोइलमपट घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २६ सामाखुशी बस्ने वर्ष २८ को सेख चन्द बसल रहेका छन् ा उनीहरुलाई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर भद्धकाली काठमाण्डौ पठाइएको छ ा