तस्करीको सामान बारा प्रहरीले नियन्त्रणमा लिन खोज्दा बारामा प्रहरी र तस्कर बीच गोली हानाहान भएको छ ा तस्करी ब्यापक भईरहेको बारा प्रहरीलाई सुचना पाएपछि ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका वडा नम्बर ६ चिकनी टोल नजिकै भारतको हनुमाननगरबाट नम्बर नखुलेको ट्क्याक्टरमा तस्करीको सामान लोड गरी नेपाल तर्फ आउंदै गर्दा प्रहरीले तस्करीको टयाक्ट्र नियन्त्रणमा लिन खोज्दा तीन चार जना मोटरसाईकलमा आएका समुहहरुले एक्कासी प्रहरी माथी नै दुई राउण्ड गोली प्रहार गरेपछि आत्मरक्षाको लागी प्रहरीले ७ राउण्ड गोली प्रहार गरेको हो ा प्रहरीले गोली प्रहार गर्दा तस्करहरु टयाक्टर छाडेर भारत तर्फ भागेका छन् ा बाराको पचरौतामा प्रहरी माथी नै तस्करहरु समुहहरुले कटुवा बन्दुक २ राउण्ड प्रहार गरेको बारा प्रहरीका प्रमुखलाई जानकारी पाएपछि थप टोली परिचालन गरी घटनास्थलमा पुगेको थियो ा घटना भएको स्थलमा ईलाका प्रहरी कार्यालय सिमा्रेनगढका प्रहरी निरीक्षक कृण्णदेव प्रसाद साहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा तस्कर समुहहरुले चलाएको मोटरसाईकल अन्य समानहरु दसगाजा क्षेत्रमा छाडेर भागेका छन् ाप्रहरीले भारतिय नम्बरको मोटरसाईकलबिआर ०५बिएल ४१५४ बजाज कम्पनी, बिआर०५बी ६८६४ नम्बरको स्पलेण्डर, बिआर०५बीडी ९८२१ पल्सर , बिआर ०५ एडब्लु ०५०१ हिरो कम्पनीको स्पलेण्डर मोटरसाईकल तथा ओपो कम्पनीको भारतिय सिम प्रयोग भएको स्क्रीन टच मोबाईल सामसुड , एयटेलको सिम नेपाली एनसेलको सिम बरामद भएको बारा प्रहरीले जनाएको छ ा घटनाबारे अनुसनधान भईररहेको बारा प्रहरीले जनाएको छ ा हामीलाई प्राप्त जानकारी अनुसार बाराको पचरौतमा आईतवार राती भएको घटनामा बाराका प्रहरीले तस्कर समुहहरुलाई तस्करीको काम नर्गन अवगत गराएपनि तस्कर समुहहरुले भारतिय एसएसबीले गाह्रो गरिदिन्छ दुई दिन सम्म काम गर्न पाए धेरै राहत हुन्थ्यो प्रहरीलाई आग्रह गरेको थियो ा बारा प्रहरीले तस्कर समुहका नाईकेलाई बाराका प्रहरी प्रमुख सरुवा भएर जानु भयो नयाँ आउनु भएको छ , अहिले केही गर्न मिल्दैन जवाफ दिएपछि भारतिय तस्कर तथा बारा जिल्लाका तस्कर समुहहरुले आईतवार राती चारवटा टयाक्टरमा धान लोड गरेर नेपालतर्फ भित्राउँदा गोली हाननहान भएको हो ा बिगतमा उतm तस्करीको लाईन प्रहरीको आर्शिवादले नै सञ्चालनमा आएको थियो ा