जनमत पार्टी पर्साले बीरगंजमा रंगभेदबिरुद्ध एकता दिवस मनाएको छ ा रंगभेद आक्रमण अन्त गर, रंगभेद गर्न पाईदैन् , धोती भैया भनेर हेप्न पाईदैन, नश्रवादी राज्य चाहिदैन , जनमत पार्टी जिन्दावाद जस्ता बाईनर लिएर जनमतले बीरगंजमा शान्तिपुर्ण रयाली प्रर्दशन गरेको छ ा घण्टाघरबाट निकाललिएको रयाली माईस्थान, आदर्शनगर, घडिअर्वा लगायत नगरको परिक्रमा गरी घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ा कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले मधेशी जनताहरुले अहिले सम्म अधिकार नपाएको बताउंदै राज्यले नै मधेशी जनताहरु माथी बिभेद गरेको आरोप लगाए ा मधेशी दलका नेताहरुले पटक पटक राज्यसँग सम्झौता गरेपनि हाल सम्म कार्यन्यवन नभएको सरार्फले भने, मधेशी जनताहरु आफनो हक र अधिकार पाउनका लागी सर्घष गरीरहेको बताएका छन् ा केही नेताहरुले संघीयतालाई धरापमा पार्नका लागी ठुलो षड्यन्त्र बुनीहरेको हुनाले मधेशी जनताहरु त्यस्ता नेताहरुबाट सावधान रहन् जरुरी रहेको अध्यक्ष सरार्फले बताए ा मंसीर १० गते २०७१ सालमा काठमाण्डौको सुनधारामा सम्पन्न गरिएको रंगभेदबिरुद्ध एकता दिवस मनाउंदै मधेश लगायत ३२ वटा जिल्लाहरुमा मनाउंदै आईरहेको अध्यक्ष सरार्फले बताएका छन् ा अध्यक्ष सरार्फले स्मरण गर्दै बताए २०७१ मंसीर १० गते स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा। सिके राउतको नेतृत्वमा मधेसी, थारु, आदिवासी र जनजातिमाथि राज्यबाटै रङ्गको आधारमा विभेद भइरहेको भन्दै शान्तिपूर्ण विशाल सभा आयोजना गर्दा उतm सभामा सहभागी भएका ४६५ जनाहरुलाई नेपाल प्रहरीले गरिपmतार गरेको बताए ा रयालीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ा यसैगरी रंगभेदबिरुद्ध एकता दिवस बीरगंज महानगरपालिकाले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ा