सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट अबैध लागु औषध गाँजा बरामद गरेको छ ा बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको प्रहरीले बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको बटसौरा नजिकै खेतको पराल भित्र लुकाई छिपाई राखेको अवस्थामा २ सय १३ किलो गाँजा बरामद गरेको हो ा अबैध गाँजाको कारोवार भईरहेको सुचना पाएर सशस्त्र प्रहरीले छापामारी गर्दा दुई विक्न्टल १३ किलो गाँजा फेला पारेको हो ा बरामद गरिएको गाँजा थप कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सुचना अधिकारी बिश्वराज योन्जनले बताएका छन् ा