लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ ा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताको संयुतm आयोजनामा वीरगञ्ज महानगरपालिका–५ स्थित मुनलाईट स्कुलमा दाइजो प्रथा तथा बालविवाह सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीले दाइजो लिन–दिनु दुवै कार्य कानुनी रूपमा दण्डनीय अपराध रहेको कक्षा ९ का छात्र तथा छात्राहरु जानकारी गराउंदै सचेत गराएका छन् ा कसैले दाईजो लिएर बिवाह गरीरहेको छ भने प्रहरीलाई खबर गर्नुस तुरुन्तै कारवाही गरिने प्रहरी निरीक्षक सुवेदीले भने, बालविवाहले युवतीहरूमा गम्भीर स्वास्थ्य समस्या, शिक्षा छाड्ने अवस्था र घरेलु हिंसा बढ्ने जोखिम उच्च हुने उल्लेख गर्दै उनले बालविवाह रोकथामका लागि विद्यार्थी स्वयंले पनि सक्रिय भूमिका निभाउनुपर्नेमा जोड दिए। कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरी, श्रवण बहादुर रायमाझी, स्कुलका निर्देशक सुल्भ केसी, सुशील बर्णवाल, सञ्जु दाहाल, श्याम केसी लगायतको उपस्थिति रहेको थियो।