बीरगंज मितेरी पुलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ा बीरगंज महानगरपालिकाको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल १३ गण , जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरको सहकार्यमा सिमाक्षेत्रको वरिपरि एरियामा हराभरा, स्वच्छ तथा आकर्षक बनाउन उदेश्यले मितेरी पुलमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको महानगरपालिकाका सरसफाइका अधिकृत सरफुधिन मियांले बताउनु भयो ा कार्यक्रमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक,डीएसपी राजु कार्की,ट्राफिक प्रमुख युबराज कटवाल,सरसफाई महाशाखाका सर्फुदिन मिया,महानगर प्रहरी प्रमुख हरि भुसाल,सशस्त्र प्रहरी बल नं।१३ गण हेडक्वार्टरका प्रमुख पुरन चन्द्र भट्ट,बीरगंज भन्सारका डीएसपी पुरुषोत्तम भण्डारी,नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, ग्रिन सिटी आर्दशनगरका जयप्रकाश खेतान, भारतिय सुरक्षा बल एसएसबिका सिओ संजय रावत,दीपक कृष्णा लगायतको उपस्थिती रहेको थियो ा