बारामा चिनियाँ नागरिकले मुस्लिम थर भएकी नेपाली नावालिका सँग बालविवाह गरीरहेको अवस्थामा दुईजनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ा बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ हरैयामा बुधवार राती चिनियां नागरिकले १८ वर्षीय किशोरी सँग बिवाह गरीरहेको प्रहरीलाई सुचना पाएपछि मध्यराति नै छापामारी गर्दा चिनियाँ नागरिक सहित किशोरीको बुवालाई नियन्त्रणमा लिइएको हो ा प्रहरीले घटनास्थलमा पुग्दा बिवाहको सम्पुर्ण तयारी भइसकेको थियो , नावालिका बुवा ४४ वर्षीय जागिर हुसेन देवानले गोप्य तरिकाले आफनो १८ वर्षीय किशोरीलाई चिनियाँ नागरिक सँग विवाह गराउने योजना रहेको बाराका प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले भने , नेपालको कानुन अनुसार बिवाहको लागी पुरुष २२ र महिला २० वर्ष उमेर हुनुपर्ने कानुन रहेको हुनाले किशोरीको उमेर १८ वर्ष भएकोले बिवाह गैरकानुनी भएको हुनाले नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक पण्डितले जानकारी दिनुभयो ा मुस्लिम परम्परा अनुसार उनीहरुको बिवाह भईरहेको बखतमा बुधवार राती १० बजेर ३० मिनेटमा घटनास्थलमा पुगेर छानबिन गर्दा किशोरीका बुवा जाकिर हुसेन देवानले पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक गान्सु प्रान्त बस्ने अनि बालुबाको छोरा वर्ष २२ वर्षीय लष्ग थ्गदष्ल नाम भएका भत्रघडठठद्धण्द्ध राहदानी नम्बर भएका युवक सँग किशोरीलाई बिवाह गराउन खोजेको हुनाले उनीहरु लाई पक्राउ गरिएको हो ा प्रहरी हिरासतमा रहेका किशोरीका बुवा र चिनियाँ युवक लष्ग थ्गदष्ल लाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक पण्डितले भने ा बिगत केही महिना देखी बारा जिल्लामा नेपाली नावालिका सँग चिनियाँ नागरिकहरुले बिवाह गरीरहेको स्थानिय वासिन्दाहरुले बताएका छन् ा यो गाउँबाट तीनजना किशोरीहरुको चिनियां नागरिक सँग बिवाह सम्पन्न भईसकेको छ , बिदेशी बेहुलाहरुले गरीब किशोरी तथा युवतीहरु सँग बिवाह गरीरहेको गाउँ वासिन्दाहरुको भनाई रहेको छ ा अधिकांश चिनियाँ नागरिकहरुले बिवाह गरीरहेको गाउँका वासिन्दाहरुले दाबी गरे, बारा प्रहरीले चिनियाँ नागरिकले मुस्लिम नेपाली नावालिका सँग बिवाह गर्नु पर्ने कारण के भन्दै हरेक कोणबाट अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक पण्डितले बताएका छन् ा