बारा प्रहरी अबैध लागु औषध कोकिन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेका छ ा पक्राउ पर्नेमा भारत पुर्वि चम्पारण बिहार नायकटोल बस्ने ३५ वर्षीय लाल बाबु साह रहेका छन् ा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ खेखरिया नजिकै बीआर ०५ एभी ३५३२ को भारतीय नम्बरको मोटरसाईकलमा सवार भई नेपाल तर्फ आउंने क्रममा प्रहरीले चालकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाईकलको पछाडि दुध बोक्नको लागी बनाइएको फलामको साँचो मुनि जुटको बोरामा लुकाई छिपाई राखेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेको लागु औषध कोकिन २१ ग्राम ६५० मिलीग्राम बरामद भएको बाराका प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले जानकारी दिनुभएको छ ा लागु औषध कोकिन सहित पक्राउ परेका लाल बाबु साहलाई जिल्ला प्रहरी कार्यालय बारामा अनुसन्धान भईरहेको छ ा