प्रदेश नं २ का प्रहरी प्रमुख प्रदुम्न कार्कीले जिल्ला प्रहरी कार्यलय टा्रफिक पर्सामा काजमा रहेका लालबाबु सहनीलाई निलम्बन गर्नुभएको छा बिगत केही वर्ष देखी पर्सा ट्राफिकमा कार्यगत रहेका असई लालबाबु सहनीले सवारी चालकको परीक्षामा सेवाग्रहीहरु संग रकम लिई परीक्षामा उतीर्ण गराउंदै आएको प्रदेश नं २ का डिआईजी प्रदुम्न कार्काीलाई सुचना आएपछि सोही सुचनाको आधारमा असई सहनीलाई प्रदेश नं २ का डिआईजीले कार्कीले कारवाहीको लागी तान्नु भएको थियोा असई सहनी गत मंसीर २५ गते देखी सम्पर्क बिहीन भएको , रवाना लिएको ३ साता भएपनि सम्पर्क बिहीन भएपछि डिआईजी कार्कीले निलम्बन गर्नृ भएको होा बिश्व प्रसिद्ध महागढीमाईको मेलामा टा्रफिक ब्यवस्थापनका लागी मेला अवधीभर सहनीलाई बारा जिल्लामा खटाएको भएपनि असई सहनीले अटेरी गरी पर्सा टा्रफिक कार्यलयमा बस्दै आएका थिएा मेला समाप्त भए लगतै धनुषा जिल्लामा दरबन्दी रहेका सहनीलाई काजका लागी सप्तरी जिल्लामा हाजीर नभएपछि उनलाई निलम्बन गरीएको प्रदेश नं २ प्रहरी प्रमुख काकीैले बताउनु भएको छा असई सप्तरी जिल्लामा काज भएपनि जिल्ला प्रहरी टा्रफिक कार्यलयका तत्कालीन प्रहरी निरीक्षक राजकुमार सिंहको आशिर्वादले पर्सामा बस्दै आएका थिएा