बैंकिड कसुर मुद्दामा फरार रहेका एक अभियुतmलाई अपराध अनुसन्धान काठमाण्डौ टेकुका प्रहरीले पक्राउ गरेको छ ा ३३ लाख बैंकिड कसुरमा फरार रहेका रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाण्डौ गोकर्णेश्चर नगरपालिका वडा नम्बर ६ बौध बस्ने ३० वर्षीय मिडमार शेर्पालाई बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक काजी कुमार आचार्यले बताउनु भयो ा पक्राउ परेका शेर्पालाई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरिक्षक आचार्यले भने ा