मानवसेवा आश्रम बीरगंजले एक पुरुषलाई उद्धार गरेको छ ा मानसिक अवस्था कमजोर रहेको ती पुरुष आफनो नाम तथा वतन बताउन नसक्ने अवस्थामा रहेको हुनाले मानवसेवा आश्रमले उद्धार गरेर उनको हेरचार गरिने मानवसेवा आश्रम बीरगंजका संस्थापक देवेश गुप्ताले भने, बीरगंज महानगरपालिका वडा नम्बर २५ बहुअरी डाइपोर्ट एरियामा बिगत केही दिन देखी उद्धार गरिएको पुरुष मौन भएर बसीरहेको स्थानिय वासिन्दाहरुले मानवसेवा आश्रमलाई खबर गरेका हुन् ा उद्धार गरिएका पुरुषलाई डा। भरत गोईको निगरानीमा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधीहरु दिईने जनाइएको छ ा उद्धार कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा कार्यरत रहेका प्रहरी जवान नगेश्वर यादव लगायतको सहभागिता रहेको थियो ा