स्वर्गीय नरेश सरार्फ स्मृति पत्रकारिता पुरस्कार यात्रा डेलीका संस्थापक आशु सरार्फलाई प्रदान गरिएको छ ा पत्रकार सरार्फलाई २१ ह्जार नगद रुपैयासहित सम्मानपत्र प्रदान गरिएको हो ा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा सम्पन्न भएको स्वर्गीय नरेश सरार्फ स्मृति पत्रकारिता पुरस्कार सभामा बोल्दै दिवंगत पत्रकार नरेश सरार्फ श्रमजिबी पत्रकार रहेको बतांउदै पत्रकारिता पेशा जीवनभर अंगालेको सत्यनिष्ठ, जनमुखी र जिम्मेवार पत्रकारिताको उच्च आदर्शको प्रशंसा गर्दै उनको योगदान आजका पत्रकारका लागि प्रेरणादायी रहेको उल्लेख गरे। उनीहरूको भनाइमा सर्राफले पछ्याएको पेशागत मूल्य, नैतिकता र समाजप्रतिको उत्तरदायित्वले पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई सही दिशा प्रदान गर्दै आएको बताएका छन् ा सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी , नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितकिा संयोजक केसी लामीछाने, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रहरी उपरिक्षक सुदीप राज पाठक, लगायत बिभिन्न सञ्चार माध्यममा आवद्ध रहेका पत्रकारहरुको सहभागिता रहेको थियो ा