बिभिन्न कार्यक्रम गरी बीरगंजमा ३८ औं बिश्व एड्स दिवस मनाइएको छ ा एड्स दिवसको अवसरमा नेपाल आराधना समाज तथा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा एचआईभी प्रभावित तथा विपन्न वर्गका व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको हो। समाजमा एचआईभी संक्रमितहरूप्रति सहानुभूति, सहयोग र सकारात्मक दृष्टिकोण विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रभावकारी सामाजिक अभियान निरन्तर सञ्चालन गरिने नेपाल आराधना समाजकी अध्यक्ष दिपाले प्रतिवद्धता जनाइन्। कार्यक्रममा प्रमुख अतिथी रोटरी क्लब अफ बीरग) मेटा्रेपोलिसका अध्यक्ष संजय जोशी , बीरगंज महानगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष जगदीश साह कानु लगायतको उपस्थिती रहेको थियो ा यसैगरी एड्स दिवसको अवसरमा एचआइभीको परिक्षण उपचार देखी सचेतना क्षेत्रका काम गर्दै आएका एड्स हेल्थ फाउण्डेसन एचएफ नेपालले बारमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ा विश्व एड्स दिवसको सन्देश ूसचेतना, सहयोग र समानताू लाई आत्मसात् गर्दै सम्पन्न गरिएको सामाजिक कल्याण कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक वातावरण सृजना गर्ने आशा गरिएको छ ा